सुनको भाउ तोलामा चारसय रुपैयाँ बढ्यो, तोलाको ५२ हजार रुपैयाँमा कारोबार, चाँदी पनि महँगियो

बिजमाण्डू
२०७२ बैशाख ११ गते ००:०० | Apr 24, 2015
सुनको भाउ तोलामा चारसय रुपैयाँ बढ्यो, तोलाको ५२ हजार रुपैयाँमा कारोबार, चाँदी पनि महँगियो

काठमाडौं । हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलामा चारसय रुपैयाँले बढेको छ ।

Tata
GBIME
Nepal Life

शुक्रबार सुन तोलामा ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहीबार सुनको भाउ तोलाको ५१ हजार ६ सय रुपैयाँ थियो ।

शुक्रबार चाँदीको भाउ पनि पाँच रुपैयाँ बढेको छ । शुक्रबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा कारोबार भएको थियो