श्रम राज्यमन्त्री गुरुङ भन्छ्न्: श्रम बैंक स्थापना हुन्छ, श्रम ऐनमा समायनुकुल संशोधन हुने

बिजमाण्डू
२०७२ बैशाख ११ गते ००:०० | Apr 24, 2015
श्रम राज्यमन्त्री गुरुङ भन्छ्न्: श्रम बैंक स्थापना हुन्छ, श्रम ऐनमा समायनुकुल संशोधन हुने

काठमाडौं । श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले श्रमका लागि विदेश जाने मजदूरलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यले श्रम मन्त्रालयले श्रम बैंकको स्थापना गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।

Tata
GBIME
Nepal Life

प्रभाव दैनिकको वार्षिकोत्सव कार्यक्रममा गुरुङले नेपालमा रोजगारीको अवसर थोरै भएकाले मानिसहरु रोजगारीको खोजीमा विदेश भौंतारिनुपर्ने बाध्यता रहेको भन्दै उनीहरुले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको बताए । कामदार र व्यवसायीको हित अनुकूल श्रम ऐनमा सुधार गर्न लागिएको पनि उनले बताए ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङले सरकारले विदेशमा गएर रगत पसिना बगाउने श्रमिकको सुरक्षामा खासै चासो दिन नसक्दा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति रहेको बताए ।

वैदेशिक रोजगार सङ्घका अध्यक्ष हंसराज वाग्ले, वैदेशिक रोजगार व्यवसायी ईन्द्रलाल तामाङले विदेशी पैसा भित्रिने मुख्य स्रोत वैदेशिक रोजगारलाई व्यवस्थित गर्न सरकारको ध्यान जानुपर्ने बताए । रासस