प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा वाणिज्य बैंकको एक करोड सहयोग, देशभरका बैंक कार्यालय खुला

बिजमाण्डू
२०७२ बैशाख १६ गते ००:०० | Apr 29, 2015
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले महाभूकम्पको विपत्तीमा परेकाको उद्दार र राहतमा यो रकम सहयोग गर्न लागेको जनाएको छ ।

Tata
GBIME
Nepal Life

बैंकले भूकम्पको क्षतिलाई मध्यनजर गर्दै त्रैमासिक ब्याज भुक्तानीमा पाउने छूटको सुविधा केही समय थप पनि गरेको छ । यसअघि वैशाख १५ गतेसम्ममा ब्याज भुक्तानी गर्दा ०.५ प्रतिशत छुट पाउने व्यवस्था भएकोमा अब त्यसलाई बढाएर वैशाख मशान्तसम्म पुर्‍याइएको बैंकले जनाएको छ ।
बैंकले भूकम्पछि देशभरका एकसय ५२ शाखा तथा ५५ वटा एटिएम संचालनमा ल्याएको जनाएको छ । बैंकले भूकम्पबाट बैंकका भौतिक संरचनामा पुगेको क्षतिको अध्ययन गरी प्रतिवेदन पेश गर्न नायव महाप्रबन्धक सुशील श्रेष्ठको संयोजकत्वमा समिति पनि गठन गरेको छ ।