भुकम्प पिडीतलाई प्रभु समूहको एक करोड सहयोगको घोषणा, विदेशबाट पैसा पठाउँदा निशुल्क

बिजमाण्डू
२०७२ बैशाख १६ गते ००:०० | Apr 29, 2015
काठमाडौं । प्रभु समूहले भुकम्प पिडीतका लागि १ करोड १ लाख सहयोगको घोषणा गरेको छ । समूहका  अध्यक्ष देवीप्रकाश भट्टचनको सक्रियतामा प्रभु समूह अन्तर्गतका विभिन्न कम्पनीहरुबाट यो सहयोगको घोषणा गरेको हो ।

Tata
GBIME
Nepal Life

भूकम्प पीडितहरुका लागि प्रभु बैंक लिमिटेड बबरमहलको “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा यो रकम सहयोग निर्णय गरेको छ । समूहले प्रभु मनि ट्रान्स्फरका विदेशस्थित शाखा तथा एजेण्ट मार्पmत् संसारभरबाट आएको रकममा सेवा शुल्क नलिई भुक्तानी गर्ने निर्णय गरेको छ ।

समूहले विदेशस्थित एजेण्टहरुबाट नेपालमा रकम पठाउँदा लाग्ने शुल्क समेतको छुटको व्यवस्था गरेको छ । समूहले विपत्को घडीमा देश विदेशमा रहनुभएका सहयोगदाताहरुलाई प्रभु बैंकको खाता नं. ००१००१००६६७१३३०००००१ मा सहयोगको लागि आग्रह गरेको छ ।