३० वटा एनसेल सेन्टर संचालनमा, ग्राहकलाई ३० रुपैयाँ ब्यालेन्स प्रदान, ५० एसएमएस सुनिश्चित

बिजमाण्डू
२०७२ बैशाख १७ गते ००:०० | Apr 30, 2015

काठमाडैं । एनसेलले बिहिबार पनि आफ्नो नेटवर्कबाट ग्राहकलाई सम्पर्कमा रहन तथा उद्धार र राहतका लागि आकस्मिक संचार सेवा प्रदान गरेको छ ।

Tata
GBIME
Nepal Life

यस हृदयविदारक घडीमा अफ्ना ग्राहकको आकस्मिक संचार सुनिश्चित गर्न एनसेलले बिहिबार पनि १० रुपैयाँ भन्दा कम व्यालेन्स भएका ग्राहकलाई ३० रुपैयाँ व्यालेन्स प्रदान गरेको छ । साथै ५० भन्दा कम एसएमएस रहेका ग्राहकले ५० वटा एसएमएस गर्न सक्ने सुनिश्चत गरेको छ ।

एनसेलले ग्राहकलार्इ ब्यालेन्स नहुँदा पनि स्काइप र भाइबरमा भ्वाइस कल र टेक्ट मेसेज गर्न सक्ने सुनिश्ति गरेके छ । यी आकस्मिक संचार सुविधाले हाम्रा ग्राहकलाई आफन्तसँग सम्पर्कमा रहन तथा उद्धार र राहत कार्यलाई सहज बनाउने विश्वास लिएका छौं, एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनमणी शर्माले भने ।

ग्राहक सेवाका लागि एनसेलले ३० वटा एनसेल सेन्टरहरू पनि सुचारू गरेको छ, जसबाट ग्राहकले सिम कार्ड, रिचार्ज कार्ड लगायतका सेवा प्राप्त गर्न सक्छन् । बिहिवार काठमाडैंको नयाँ बानेश्वर, कलंकी, बनेपा र गोर्खा बाहेकका सम्पूर्ण एनसेल सेन्टर संचालनमा रहेको जानकारी शर्माले दिए ।

साथै, निरन्तर र लामो कल गर्दा नटवर्कमा चाप पर्ने हुँदा, एनसेलले अफ्ना ग्राहकलाई अत्यावश्यक अवस्थामा वाहेक अन्य अवस्थामा एसएमएस मार्फत सम्पर्क गरी उद्धार र राहत कार्यमा योगदान पुर्याउन अनुरोध गर्दै आएको छ ।