मुख्यसचिव भन्छन्, ‘मैले राजिनामा दिएको छैन, कुत्सित मनसायले मच्चाएको हल्लामात्रै हो’

बिजमाण्डू
२०७२ बैशाख १९ गते ००:०० | May 2, 2015
मुख्यसचिव भन्छन्, ‘मैले राजिनामा दिएको छैन, कुत्सित मनसायले मच्चाएको हल्लामात्रै हो’

काठमाडौँ । मुख्य सचिव लीलामणि पौड्यालले आफूले जिम्मेवारी छाडेको, राजीनामा दिएको भनी मिडियामा आएका कुराको खण्डन गरेका छन् ।

Tata
GBIME
Nepal Life

पहिलोपोस्टसँग शनिबार विहान कुरा गर्दै पौड्यालले भने, 'राजीनामा दिने कुरै आउँदैन। कसैले देऊ भने पनि दिने कुरा आउँदैन यति बेला।'

'यो सब प्रायोजित र कुत्सित मनसायबाट प्रेरित भइ मच्चाएको वाहियात हल्ला हो', पौड्यालले भने। यति बेला राज्यसंयन्त्रलाई कमजोर बनाउने कार्य हुनसक्ने हुनाले सबै सचेत हुनुपर्ने उनले बताए। 

उनले यस विषयमा प्रष्ट पार्न आज आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन पनि गर्दैछन् ।