एनआरएनका पुर्वअध्यक्ष उपेन्द्र महतोले राहत तथा पुनर्स्थापनाका लागि १५ करोड रुपैयाँ दिने घोषणा

बिजमाण्डू
२०७२ बैशाख १९ गते ००:०० | May 2, 2015
एनआरएनका पुर्वअध्यक्ष उपेन्द्र महतोले राहत तथा पुनर्स्थापनाका लागि १५ करोड रुपैयाँ दिने घोषणा

काठमाडौं । गैर आवसीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले फूलकुमारी महतो ट्रस्टका तर्फबाट भूकम्प पीडितलाई १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

Tata
GBIME
Nepal Life

ट्रष्टले दिन १५ करोड रुपैयाँ मध्ये तीन करोडको सामान तत्कालीन राहतका लागि र बाँकी १२ करोड रुपैयाँ पुनर्स्थापनाका लागि खर्च गर्ने महतोले जानकारी दिए ।

'तीन करोड रुपैयाँ बराबरको टेन्ट, चामल, तेल, मसला, तकियालगायत व्यवस्था गरिएको छ,' उनले भने, 'पुनर्स्थापनाका लागि स्कूलहरुलाई १२ करोड रुपैयाँ दिनेछौं । त्यो रकम क्षति भएका ठाउँहरुका स्कूलहरु हेरेर गरिनेछ ।'

महतोले आफूले गच्छेअनुसारको सहयोग गरेको भन्दै विपदको घडीमा सबैलाई एक भएर सहयोगमा जुट्न आग्रह गरे । यो राहत गैरआवासीय नेपालीहरु र पतंजली योग पीठका तर्फबाट संयुक्त रुपमा वितरण हुने महतोले बताए ।

यस्तै के कति सहयोग कहाँ भएको भन्ने कुरा पनि पारदर्शी बनाइने उनले बताए । राहत घोषणा कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले लगायतको उपस्थिती थियो। 

महतो एनआरएनका पहिलो अध्यक्ष हुन् । उनले नेपालमा अस्पताल, बैंक, जलविद्युत, संचारमाध्यमलगायतका क्षेत्रमा लगानी गरेका छन् ।