यति डेभलपमेण्ट बैंकले भूकम्प पीडितको राहत तथा पुनस्र्थापनाका लागि १२ लाख रुपैयाँ दिने

बिजमाण्डू
२०७२ बैशाख २० गते ००:०० | May 3, 2015

काठमाडौं । यति डेभलपमेण्ट बैंकले भूकम्प पीडितको राहत तथा पुनस्र्थापनाका लागि १२ लाख रुपैयाँ दिने भएको छ । बैंकले १० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने र दुई लाख १९ हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गर्ने जानकारी दिएको छ ।

बैंकले १० लाख रुपैयाँ आफ्नो आम्दानीबाट र दुई लाख १९ हजार रुपैयाँ कर्मचारीका कर्मचारीहरुको तर्फबाट उपलब्ध गराउन लागेको हो । बैंकका कर्मचारीले तीन दिनको तलब कटाएर राहतका लागि पैसा दिन लागेको हुन् ।

Tata
GBIME
Nepal Life

बैंकको चरीकोट शाखा र पालुङ्ग शाखाहरुले चाउचाउ, चामल, त्रिपाल प्लाष्टिक, म्याट्रेस लगायत अन्य खाद्य सामाग्रीहरु जिल्लाको प्रकोप उद्धार समिति मार्फत पीडितहरुलाई राहत स्वरुप बितरण गरेको छ ।