पुँजीबजार अनिश्चितका लागि बन्द, नेप्सेले बजार खुल्ने मिति तोकेन, सिडिएससी मुख्य कारण

बिजमाण्डू
२०७२ बैशाख २० गते ००:०० | May 3, 2015

काठमाडौं । पुँजी बजार अझै अनिश्चित कालका लागि बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले बजार चाँडै खुल्ने भनेपनि आइतबार बसेको सञ्चालक समितिको बैठकले खुल्ने मिति तोक्न सकेन ।

Tata
GBIME
Nepal Life

वैशाख १२ गते गएको महाभूम्पले सिडिएससीको कार्यालय भवनमा क्षति पुगेका कारण राफसास हुन नसक्ने भन्दै कारोबार अनिश्चित कालका लागि स्थगित गरिएको हो । ‘सिडिएस एन्ड क्लियरिङ लि रहेको भवनमा भूकम्पले क्षति पुर्‍याएका कारण तत्काल राफसाफ तथा फछ्र्यौटको कार्य सञ्चालन गर्न सकिने अवस्था देखिदैन्, नेप्सेले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेप्से छिटो भन्दा छिटो कारोबार सञ्चालन गर्ने प्रयासमा जुटिरहेको  जानकारी पनि दिइएको छ । तर कुन मितिदेखि कारोबार पुनः सुरु हुन्छ भन्ने खुलाइएको छैन । भूकम्पका कारण नेप्सेको भवन, उपकरणहरु तथा डाटा स्टोरेजमा क्षति नभएको पनि नेप्सेले जनाएको छ ।

‘धितोपत्रहरुको कारोबार गर्न÷गराउन सम्पूर्ण सदस्य दलालहरुको सेवा आवश्यक हुन्छ भने राफसाफ तथा फछ्र्यौटको सुनिश्चितता पनि हुनुपर्छ, नेप्सेले विज्ञप्तिमा उल्लेख गरेको छ, सदस्य दलाल व्यवसायीहरुमध्ये अधिकांशले आफ्नो कार्यालयमा भूकम्पले क्षति पु¥याएको तथा संस्थामा कार्यरत कर्मचारीहरु भूकम्पबाट प्रभावित भएको जनाएका छन् ।’

दलाल सदस्यका कर्मचारी उद्धार तथा राहतका लागि जुट्नु पर्ने भएकाले नियमित कार्यमा फर्कन सक्ने अवस्था नरहेको जानकारी आएको भन्दै नेप्सेले कारोबार सुरु हुने मिति नतोकेको जनाएको छ ।

नेप्सेले सञ्चालक समितिले भूकम्प प्रभावितहरुको उद्धार, राहत तथा पुनः निर्माणका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय पनि गरेको छ ।