भूकम्प पीडितको राहतका लागि सिटिजन्स् बैंकले एक करोड दिने, ५० लाख नगद, ५० लाखको सामान

बिजमाण्डू
२०७२ बैशाख २१ गते ००:०० | May 4, 2015

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशमा हालै गएको महाभुकम्प पिडितहरुको राहतका लागि एक करोड रुपैयाँ दिने भएको छ ।

Tata
GBIME
Nepal Life

बैंकले एक करोड रुपैयाँ मध्ये ५० लाख प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र ५० लाख बरावरकोे राहत सामाग्री बैंक आफैले भूकम्प पिडीतहरुलाई वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत शुक्रबार खोकनाका भूकम्प पीडितको उद्धारका लागि हेल्मेट आठ सय थान, सावेल ६० थान, व्हील ब्यारोे आठ थान, गमबुट तीन सय ४५ जोर, पिक ३० थान, पञ्जा आठ सय जोर, ट्रली आठ थान, लगायतको उद्घार सामाग्री समेत उपलब्ध गराएको छ ।

यस बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा रकम संकलन गर्ने प्रयोजनका लागि यस बैंकमा ००१०००२५६२ सिए खाता खोली सकेको जानकारी दिँदै सम्पूर्ण स्वदेशी तथा विदेशी व्यक्ति, संघ संस्था, व्यवसायिक र्फम, एजेन्सी लगायत बैंकका कर्मचारीहरु समेतलाई आफ्नो स्वच्छाले पैसा जम्मा गर्न आग्रह गरेको छ । यस कोषमा जम्मा भएको सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने बैंकले जनाएको छ ।