सिभिल बैंकले बाह्रविसे र मेलम्चीमा मोवाइल बैंकिङ पुनः सुरु गर्यो, प्रहरीको सहयोगमा सेवा

बिजमाण्डू
२०७२ बैशाख २१ गते ००:०० | May 4, 2015

काठमाडौं । सिभिल बैंकले सिन्धुपाल्चोकको बाह्रविसे र मेलम्ची शाखाबाट सोमबार देखि पुनः मोवाइल बैंकिङ सुरु गरेको छ । बैंकले नेपाल प्रहरीको सहयोगमा यो सेवा सुरु गरेको हो ।
 

बैंकले भुकम्पको विपत्तीमा परेका ग्राहकलाई राहत दिने उद्देश्यले यी दुई शाखाबाट मोवाइल बैंकिङ सुरु गरेको हो । बैंकले उक्त सेवा एक दिन बिराएर ११ बजेदेखि २ बजेसम्म प्रदान गरिने बैंकले जनाएको छ ।

Tata
GBIME
Nepal Life

यसबाट बैंकका ग्राहकहरुलाई राहत पुग्ने अपेक्षा बैंकले लिएको छ । बैंकको ब्राहबिसे शाखा सोमबार र बुधबार तथा मेलम्ची शाखा मंगलबार र बिहिबार गरी हप्ताको २ दिन संचालनमा ल्याउने पनि जानकारी दिइएको छ । बैंकले आफ्ना सम्पूर्ण शाखा बिदाको दिनमा पनि नियमित सञ्चालन हुने जनाएको छ ।