चिनियाँ सिजिजिसी कम्पनीले राहत कोषका लागि दियो दुई करोड रुपैयाँ, विकासमा सघाउने प्रतिवद्धता

बिजमाण्डू
२०७२ बैशाख २१ गते ००:०० | May 4, 2015

काठमाडौं । चाइना गेजुवा ग्रुप कोअपरेसन(सिजिजिसी)चाइनाले नेपालका भूकम्प पीडितको राहतका लागि दुई करोड रुपैयाँ दिने भएको छ । प्रधानमन्त्री प्रकोप उद्धार कोषमा जम्मा हुनेगरि सिजिजिसीले रकम हस्तान्तरण गरेको हो ।

सिजिजिसीका हेल्थ, सेफ्टी एण्ड क्वालिटी डिपार्टमेन्टका डेपुटी डाइरेक्टर सुन हाइमिङले प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार चेक हस्तान्तरण गरेका हुन् । उनले प्रधानमन्त्री कोइरालालाई उद्धार तथा राहतमा सहयोग तथा नेपालको विकासमा सघाउनु आफूहरु तयार रहेको बताए ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री कोइरालाले सिजिजिसीका कर्मचारी तथा कामदारको अवस्थाका बारेमा चासो राखेका थिए । उनले सिजिजिसीले काम गरिरहेका आयोजनामा कार्यरत कामदारको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा राखेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 
सिजिजिसीले नेपालका जलविद्युत आयोजना निर्माणको काम गरिरहेको छ । यो कम्पनीले भोटेकोशी, चमेलिया र त्रिशुली थ्रि एको ठेक्का लिएको छ ।