नेपाल–चीन मैत्री संघले सिन्धुपाल्चोक र काभ्रेमा राहत बाँड्यो, राहत वितरणलाई निरन्तरता दिने

बिजमाण्डू
२०७२ बैशाख २१ गते ००:०० | May 4, 2015
काठमाडौं । नेपाल –चीन वाणिज्य मैत्री संघको सक्रियतामा भूकम्प प्रभावित सिन्धुपाल्चोक र काभ्रे जिल्लाका विभिन्न क्षेत्रमा राहत वितरण गरिएको छ । नेपाल–चीन–वाणिज्य मैत्री संघ, दोलालघाट पर्यटन प्रवद्र्धन तथा समाज विकास केन्द्र, डिआरएन ओभरसिज  र चीनको प्रसिद्ध छ्वानू फर्निचर कम्पनीले सिन्धुपाल्चोकको साँगाचोक गाविस वडा नम्वर ३ स्वाराथोक मा स्थानिय ८० परिवारलाई चामल, त्रिपाल, नून, दाल लगायतका राहत सामग्री बितरण गरेको हो । स्थानीय ज्ञानज्योती प्राविको प्राङगणबाट राहत वितरण गरेको हो । 
 नेपाल– चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले दोलालघाट गाविस वडा नं.७, ८ र ९ का भूकम्प पिडीत १ सय ५० परिवारलाई चामल, दाल, नून लगायतका खाद्य सामग्री वितरण गरिएको जानकारी दिए । उनका अनुसार  काभ्रेको भुम्लुटार र सिन्धुपाल्चोक जिल्लाको साँगाचोक तथा ठूलो सिरुवारी गाविसमा राहत वितरण गरिनेछ । 
 

Tata
GBIME
Nepal Life