भ्याट विवरण बुझाउने म्याद एक महिना थप्न सरकारसँग चेम्बरको आग्रह, डेमरेज शुल्क मिनाहाको माग

बिजमाण्डू
२०७२ बैशाख २१ गते ००:०० | May 4, 2015
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले भ्याटको विवरण बुझाउने म्याद एक महिना थप्न आग्रह गरेको छ । चेम्बरले भूकम्पले उद्योग व्यवसाय अवरुद्ध हुन पुगेको जनाउँदै प्रत्येक महिनाको २५ गते भित्र बुझाउनु पर्ने भ्याटको विवरण एक महिना थप्न सरकारसँग आग्रह गरेको हो । 
 
चेम्बरले विपत्तिका कारण भन्सार नाकाबाट सामान छुटाउन नसकेका कारण उद्यमी व्यवसायीहरुले ठूलो मात्रमा डेमरेज शुल्क तिर्नुपर्ने अवस्था आएको जनाउँदै  अतिरिक्त आर्थिक भार छुट तथा मिनाहा गर्न सरकारसँग आग्रह गरेको छ ।
 
 चेम्बरले  भूकम्प पिडितहरुलाई चेम्वर भवन परिसरबाटै र आवश्यक क्षेत्रमै गई राहत वितरणलाई निरन्तरता दिएको छ । चेम्बरले  पिउने पानी, त्रिपाल, कम्बल, औषधी लगायत अति आवश्यकीय बस्तुहरुको माग उच्च रहेकोले यस्ता राहत सामाग्री उपलव्ध गराउन व्यवसायीसँग आग्रह गरेको छ । 
 

Tata
GBIME
Nepal Life