सिन्धुपाल्चोकमा सिप्रदीले दियाे सात सय त्रिपाल, २० हजार किलो चामल र चार हजार किलो चिउरा वितरण

बिजमाण्डू
२०७२ बैशाख २१ गते ००:०० | May 4, 2015
काठमाडौं । सिप्रदी ट्रेडिङको सामाजिक सहायता संस्था सिप्रदीयन सहायता संस्था र भोटेकोशी पावर कम्पनीले सिन्धुपाल्चोक जिल्लाका ८ गाविसका भूकम्प पिडीतलाई सात सय त्रिपालसहित खाद्यान्न वितरण गरेको छ । 
संस्थाले २० हजार किलो चामल, ४ हजार किलो चिउरा, ८ सय किलो दाल र चाउचाउ वितरण गरेको जनाएको छ । संस्थाका अनुसार  बाह्रविसे, मानेसरा, गाती, घुम्ताङ्ग, मार्मिंङ्ग, लिस्टी, तातोपानी र फुुलपिङ्गकट्टी गाविसमा राहत वितरण गरिएको हो । यस अघि सिप्रदीले नुवाकोट जिल्लाको विकट क्षेत्रमा त्रिपाल र खाद्यान्न सहयोग गरेको थियो । संस्थाले काठमाण्डौं देखि नारायणगढ सम्म निशूल्क यातायात सेवा समेत संचालनमा ल्याएको थियो । 
 
 

Tata
GBIME
Nepal Life