आईएमईले सिन्धुपाल्चोक र धादिङका भुकम्प प्रभावितलाई बाँड्यो राहात, कोषमा पनि दुई करोड सहयोग

बिजमाण्डू
२०७२ बैशाख २२ गते ००:०० | May 5, 2015
आईएमईले सिन्धुपाल्चोक र धादिङका भुकम्प प्रभावितलाई बाँड्यो राहात, कोषमा पनि दुई करोड सहयोग



काठमाडौं । आईएमई समूहले भुकम्प प्रभावित जिल्लामा राहात सामाग्री वितरण गरेको छ । समूहले सिन्धुपाल्चोक, धादिङ र मकवानपुरका भुकम्प पीडितलाई चामल, कम्बल, चाउचाउ र टर्चलाइट वितरण गरेको हो ।

Tata
GBIME
Nepal Life

आइएमई समूहले आइतवार सिन्धुपालचोकमा आठ हजार ४०० किलो चामल, ५०० थान कम्बलका साथै एक सय कार्टुन चाउचाउ र टर्चलाईट लगायतका  राहत सामाग्री वितरण गरेको थियो ।

सिन्धुपालचोक शिखरपुरस्थित माझीगाउँका २०० भन्दा बढी भुकम्प पिडित परिवालाई आईएमईका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा कार्यकारी निर्देशक हेमराज ढकाल सहभागी टोलीले राहात सामाग्री वितरण गरेको थियो ।

त्यसैगरी थप राहात सामाग्री मेलम्चीस्थित सैनिक इलाका (भिमकाली गुल्म)मा गई मेजर प्रेम हमाल तथा प्रहरी निरिक्षक चन्द्रबहादुर थापालाई राहत सामाग्री हस्तान्तरण गरेको थियो ।

समूहले सोमवार धादिङको कल्लेरी र बेल्खमा राहात सामाग्री वितरण गरेको थियो भने शनिवार चन्द्रागिरी केवल कार निर्माणस्थल मकवानपुरको चित्लाङमा राहात सामाग्री वितरण गरेको थियो ।

आईएमईका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र कार्यकारी निर्देशक हेमराज ढकालद्वारा आईएमई फाउन्डेशनअन्तर्गत स्थापित आईएमई भुकम्प राहत कोषमा दुई करोड रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी समूहको मुख्य लगानी रहेको ग्लोबल आइएमई बैंकले पनि भुकम्प पीडितका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।