काठमाडौंमा आठ ठाउँबाहेक अन्त मासु खाए हुन्छ, केही क्षेत्रमा भने मासु बेच्नै प्रतिबन्ध

बिजमाण्डू
२०७२ बैशाख २२ गते ००:०० | May 5, 2015
काठमाडौंमा आठ ठाउँबाहेक अन्त मासु खाए हुन्छ, केही क्षेत्रमा भने मासु बेच्नै प्रतिबन्ध
काठमाडौं । सरकारले भूकम्पपछि महामारी फैलन सक्ने भन्दै काठमाडौंका विभिन्न आठ ठाउँमा माछा मासु बेचबिखनमा प्रतिबन्ध लगाएको छ । यसअघि काठमाडौंमा मासु विक्री वितरणमा लगाइएको प्रतिबन्ध केही कम गर्दै सरकारले आठवटा क्षेत्र बाहेक अन्त माछा मासु बेच्न खुला गरिदिएको हो । 
 
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लाका सुन्धारा, बसन्तपूर, असन, त्यौडं, गोंगबु, चोक, नयाँ बसपार्क एरिया, बालाजु माछापोखरी क्षेत्र र साँखु बजार क्षेत्रमा माछा मासु बेचविखनमा प्रतिबन्ध लगाएको हो । 

Tata
GBIME
Nepal Life


जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको सूचना
 

ती स्थानहरुमा भूकम्पपछि भत्किएका भवनहरुबाट शव उत्तखनको काम भइरहेकाले विभिन्न रोग फैलनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रतिबन्ध लगाएको प्रशासनले जनाएको छ । 
 
‘तोकिएको क्षेत्र बाहेकको अन्य क्षेत्रमा स्वस्थ्यकर माछा मासु विक्री वितरण गर्न सकिने व्यहोरा सम्बन्धित सबैलाई सूचना गरिएको छ ।’ प्रशासनको विज्ञप्तीमा भनिएको छ ।
 
यस्तै प्राविधिक सहितको टोलीबाट नियमित अनुगमन भइरहेकाले तोकिए बमोजिम नभएको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ ।