भुकम्प पिडीतका लागि एनएमबिको १ करोड १५ लाख सहयोग,भूकम्प पिडीतलाई सुरक्षित घर बनाइदिने

बिजमाण्डू
२०७२ बैशाख २२ गते ००:०० | May 5, 2015

Tata
GBIME
Nepal Life
काठमाडौं । एनएमबि बैंकले भूकम्प पिडीतको सहयोगार्थ १ करोड १५ लाख दिने घोषणा गरेको छ । बैंकले भूकम्प पिडीतको सुरक्षित घर निर्माणका लागि यो रकम खर्चिने घोषणा गरेको हो ।
बैंकले कुनै एक गाउँको भूकम्प पिडीतलाई सुरक्षित घर बनाइदिने विज्ञप्तीमार्फत जनाएको छ ।  बैंकले चरणवद्ध रुपमा घर निर्माण, स्वरोजगार सिर्जना, बालबालिकाको शिक्षा र सरसफाईमा सहयोग गरिने जनाएको छ ।

बैंकले केही भूकम्प प्रभावित क्षेत्रमा कर्मचारी परिचालन गरेर आपतकालीन राहत सामाग्री समेत वितरण गरेको थियो । बैंकले भूकम्पले सम्पदा क्षेत्रमा पुगेको अपुरणीय क्षतिले मर्माहित भएको जनाउँदै पुर्ननिर्माण यथाशिघ्र हुने अपेक्षा गरेको छ ।