मेगा बैंकले भूकम्प पिडीतलाई पचास लाख सहयोगको घोषणा, राहत सामाग्री प्रभावित जिल्लामा बाँडिने

बिजमाण्डू
२०७२ बैशाख २२ गते ००:०० | May 5, 2015

काठमाडौं । मेगा बैंक नेपालले महाभूकम्प पिडीतका लागि पचास लाख रुपैंया सहयोगको घोषणा गरेको छ । बैंक संचालक समितिको बैठकले भूकम्प पीडितको राहतका लागि तत्काल ५० लाख रुपैंयाको राहत प्याकेज दिने निर्णय गरेको हो ।

Tata
GBIME
Nepal Life

संचालक समिति, कर्मचारी र बैंकका तर्फबाट यो सहयोग गर्न लागिएको हो । पचास लाख बराबरको राहत सामाग्री सहयोग बैंकले प्रभावित जिल्लामा पुगेर पीडितहरुलाई हस्तान्तरण गर्ने बैंकका सिइओ अनिलकेशरी शाहले बताए ।बैंकले महाभूकम्प पीडितहरुलाई तत्काल राहत पु¥याउने उद्देश्यले ‘मेगा अर्थक्वेक ग्रान्ट अकाउन्ट’ (मेगा) नामक चल्ती खाता स्थापना गरेको थियो ।

यस खातामा जम्मा हुने सम्पूर्ण रकम भूकम्प पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्र्थापना, भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणका लागि सरकारले खडा गरेको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने बताइएको छ । राहत रकम आफूलाई पायक पर्ने स्थानमा मेगा बैंकका कुनै पनि शाखाहरुमा खाता नम्बर ००१००१०२८६५९१ ‘डी’ मा स्वेच्छिक रुपमा रकम जम्मा गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।