भूकम्प पिडीतलाई सिएनआईको सहयोग जारी, अहिलेसम्म ६० लाखको राहत वितरण

बिजमाण्डू
२०७२ बैशाख २२ गते ००:०० | May 5, 2015

काठमाडौं । विनाशकारी भूकम्पबाट पिडीतहरुको सहयोगार्थ नेपाल उद्योग परिसंघले महसंचार समेतको सहकार्यमा राहत वितरण कार्यलाई निरन्तरता दिएको छ ।परिसंघ र मह संचारको पहलमा संचालित नागरिक राहत कोष मार्फत गत सोमबार देखिनै प्राकृतिक विपत्तिमा परेकाहरुको सहयोगार्थ विभिन्न जिल्लाहरुमा विविध राहत सामाग्री वितरण गरेको थियो ।

Tata
GBIME
Nepal Life

परिसंघले  विभिन्न खाद्यान्न सामग्री गोरखा जिल्लाका भूकम्प पिडीतहरुका लागि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं पूर्व राजदुत डा. शंकर शर्माले गोरखा जिल्ला सदरमुकाममा प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिएको छ ।

मंगलबार नुवाकोट जिल्लाको वट्टारमा आयोजित कार्यक्रममा परिसंघबाट वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विभिन्न राहत सामाग्री हस्तान्तरण गरे ।परिसंघले चामल, चिउरा, चाउचाउ, त्रिपाल र कम्बल वितरण गरेको हो ।परिसंघले अहिलेसम्म ६० लाख रुपैयाँ वरावरको राहत वितरण गरेको जनाएको छ ।