काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसन लिमिटेडले विहीबार देखि औपचारिक रुपमै नेपाल हाउजिंग एण्ड मर्चेन्ट फाइनान्स लिमिटेड र पिपुल्स फाइनान्स लिमिटेडलाई लिएको छ । यो एक्विजिसन नेपालकै पहिलो हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले यी सस्था प्राप्तीका लागि विहीबार सिटिजन्स बैंकलाई स्वीकृति दिएको हो । नेपाल राष्ट्र बैंकको गत चैत्र २६ गते नै स्वीकृति दिइसकेको थियो । शुक्रबार देखि नेपाल हाउजिङ र पिपुल्सको कारोबार सिटिजन्स बैंकमै हुनेछ ।
एक्विजिसन पछि नेपाल हाउजिङ र पिपुल्सको प्रधान कार्यालय तथा शाखा कार्यालयहरुलाई सिटिजन्स बैंकको शाखामा परिणत गरि एकीकृत कारोवार शुरु गरिएको छ ।
एक्विजिशन पछि बैंकको चुक्ता पूंजी दुई अर्ब ५५ करोड, निक्षेप ३४ अर्ब ९८ करोड र कर्जा २९ अर्ब १७ करोड पुगेकोे छ । बैंकका उपत्यका भित्र २० शाखा र उपत्यका वाहिर ३३ शाखा गरी मुलुक भर ५३ शाखा र दुई सय ४ वटा शाखा रहित बैंकिंङ्ग सञ्जालबाट सेवा उपलब्ध छ ।
बैंकले आगामी दिनमा अझ बढी कार्यक्षेत्र र सेवा सञ्जाल बृद्घि गर्ने र आफ्ना समस्त ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग प्रणाली मार्फत उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।











