सामसुङ इलेक्ट्रोनिक्सले भूकम्प पीडितलाई पाँच लाख अमेरिकी डलर बराबरको राहत सामग्री दिने

बिजमाण्डू
२०७२ बैशाख २४ गते ००:०० | May 7, 2015
सामसुङ इलेक्ट्रोनिक्सले भूकम्प पीडितलाई पाँच लाख अमेरिकी डलर बराबरको राहत सामग्री दिने


काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले नेपालका भूकम्प पीडितलाई पाँच लाख अमेरिकी डलर बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । सामसुङले भारतबाट राहतका सामग्री पठाउन लागेको हो ।

Tata
GBIME
Nepal Life

राहत सामाग्री तत्काल ढुवानी र वितरण गर्नका लागि सामसुङ्ग इन्डियाले भारत सरकार अन्तर्गतको नेशनल डिजास्टर रेस्पन्स फोर्ससँग सहकार्य गरको जानकारी दिइएको छ । वैशाख १२ गते गएको महाभूकम्पका कारण हजारौं मानिसको ज्यान गएको र अन्य कयौं घाइते भएका छन भने थुप्रै मानिस बिस्थापित भएका छन् ।

सामसुङ्ग इन्डिया इलेक्ट्रोनिक्सका अध्यक्ष तथा सिइओ, एचसि होङ्गले वैशाख २२ गते नै भारतको नयाँ दिल्ली नजिकको नोइडा फ्याक्ट्रिबाट पहिलो चरणमा ११ वटा कन्टेनर नेपाल पठाएका छन् ।

राहत सामाग्री नेशनल डिजास्टर रेस्पन्स फोर्सका डिआइजी जकएस रावतले बुझेका हुन् । रेस्पन्स फोर्सले यो  सामाग्रीलाई रेलमार्गहुँदै नेपाल—भारत सिमानामा रहेको रक्सौलसम्म ढुवानी गर्ने छ । थप ढुवानी र वितरण गर्नका लागि यी सामान नेपाली अधिकारीसमक्ष हस्तान्तरण गरिने जानकारी पनि सामसुङले जनाएको छ ।

सामसुङ्गले ३३ सय वटा त्रिपाल (टेन्ट), ४० हजार वटा कम्बल (ब्ल्याङकेट), दुई हजार वटा ब्यागप्याक र खाद्य सामाग्री पठाउन लागेको जानकारी पनि दिइएको छ ।

भूकम्प पिडितलाई सहायता गर्न र उनीहरुलाई आफ्ना नजिकका र हितैसीसँग सम्पर्कमा रहनमा मद्दत गर्ने उद्देश्यले सामसुङ्ग केयर फर नेपालले भक्तपुर, छाउनी र टुँडिखेलमा संचार केन्द्रको स्थापना समेत गरेको छ ।

यी केन्द्रहरुबाट निशूल्क रुपमा नेपाल र संसार भर फोन गर्न सकिने,   इन्टरनेटको प्रयोग गर्न, मोवाइल रिचार्ज गर्न, माइक्रोवेभमा खाना तताउने जस्ता सुविधा प्रयोग गर्न सकिने छ ।