भूकम्पले क्षतिग्रस्त बजाज मोटरसाइकल निशुल्क रुपमा मर्मत हुने, सम्पर्क गर्न कम्पनीको आग्रह

बिजमाण्डू
२०७२ बैशाख २७ गते ००:०० | May 10, 2015
भूकम्पले क्षतिग्रस्त बजाज मोटरसाइकल निशुल्क रुपमा मर्मत हुने, सम्पर्क गर्न कम्पनीको आग्रह


काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज एण्ड हुलासचन्दले भूकम्पमा क्षति पुगेका बजाज मोटरसाइकल निशुल्क रुपमा मर्मत गरिदिने भएको छ ।

Tata
GBIME
Nepal Life

बजाजले तीनवटा हेल्पलाइन नम्बरमा दर्ता गरी मोटरसाइकल निशुल्‍क मर्मत गर्न सकिने जनाएको छ । ग्राहकले 1660 01 75555, 98015 75555 र 01 4223034 सम्पर्क गरी मोटरसाइकल दर्ता गर्न सक्नेछन् ।

यस्तै बजाजको आधिकारिक फेसबुक पेज तथा वेवसाइट www.hhbajaj.com.np मा पनि मोटरसाइकल पनि दर्ता गर्न सकिने जनाएको छ ।