खानी तथा भूगर्व विभागले ल्यायो भूकम्पका बारे जानकारी दिने एप्स र टोलफ्री नम्बर

बिजमाण्डू
२०७२ जेठ २ गते ००:०० | May 16, 2015
काठमाडौं । खानी तथा भूगर्व विभागले भूकम्प विभागले भूकम्प बारे जानकारी दिने मोवाइल एप्स सार्वजनिक गरेको छ । विभगाले विनाशुल्क फोन गर्न मिल्ने टोल फ्री नम्बर पनि सार्वजनिक गरेको छ ।

Tata
GBIME
Nepal Life

एन्ड्रोइड मोवाइल प्रयोगकर्ताले ‘नेपाल क्वेक अपडेट’ एप्स डाउनलोड गरी चार रेक्टर स्केल भन्दा ठुला भूकम्पबारे जानकारी लिन सक्ने विभागका महानिर्देशक सर्वजीतप्रसाद महतोले जानकारी दिए । यो एप आइफोनमा भने उपलब्ध छैन ।

यस्तै विभागले १६१८०१४४१०१४१ नम्बरको टोलफ्री नम्बर पनि संचालनमा ल्याएको छ । भूकम्पबारे जानकारी लिन चाहनले यो नम्बरमा निशुल्क फोन गर्न सक्ने महतोले जानकारी दिए ।

दुवै सेवाको उद्योग मन्त्री महेश बस्नेतले सुभारम्भ गरे । कार्यक्रममा मन्त्री बस्नेतले सर्वसाधाणलाई प्रविधिको प्रयोग गरी भूकम्प बारे दिने उद्देश्यले दुवै सेवा संचालनमा ल्याइएको बताए ।