भुकम्प पीडितलाई मारवाडी परिषदको राहत वितरण, गौशाला तिरुपति मन्दिरबाट खाद्यान्न वितरण

बिजमाण्डू
२०७२ जेठ ३ गते ००:०० | May 17, 2015

Tata
GBIME
Nepal Life

काठमाडौं । राष्ट्रिय मारवाडी परिषदले टाइम्स अफ इन्डिया, फैब इन्डिया र इन्डिगो एयरको सहयोगमा भुकम्प पिडितका लागि राहत वितरण गरेको छ । परिषद्ले महाभुकम्पको दिनदेखी राहत वितरण  गर्दै आएको जनाएको छ । 

 
मारवाडी समुदायका परिवार, महिला तथा बालबालिकाबाट प्याकिङ गरि हालसम्म दैनिक उपभोग्य वस्तुहरु व्याकटेश्वर (तिरुपती) मन्दिर परिसर गौशालाबाट वितरण भइरहेको परिषद्का अध्यक्ष पवल मित्तलले विज्ञप्तिमा जनाएका छन् । 
 
राहत कार्य भाइचारामा गर्नु पर्ने कर्तव्य हो,’ विज्ञप्तिमा छ, ‘जुन कर्तव्य निर्वाह गर्न, आफ्नो गक्ष्य अनुसार सम्पूर्ण दाता तथा देशवासीहरुमा अपिल छ ।’