भुकम्पपछि तरकारीको मूल्यमा उल्लेख्य गिरावट, भिन्डी, करेला, काउली २० रुपैयाँमै, टमाटरको घटेन

बिजमाण्डू
२०७२ जेठ ४ गते ००:०० | May 18, 2015
भुकम्पपछि तरकारीको मूल्यमा उल्लेख्य गिरावट, भिन्डी, करेला, काउली २० रुपैयाँमै, टमाटरको घटेन
काठमाडौं । भुकम्पपछि राजधानी काठमाडौंबाट ठूलो संख्यामा सर्वसाधारण बाहिरिएपछि तरकारीको भाउ निकै घटेको छ । तत्काल कुहिने तरकारीवाहेक सबैको मूल्य उल्लेख्य घटेको छ ।


 
कालिमाटी तरकारी बजारका अनुसार, आलुदेखि अन्य हरियो सागसब्जिसम्मको मूल्य घटेको छ । उपभोक्ताको संख्या घटेको र पहिलेजस्तो दुई तीन थोक तरकारी भान्छामा पाक्न छाडेकाले मूल्यमा गिरावट आएको हो ।
 
टमाटरको थोक मूल्य ३८ रुपैयाँमा झरेपनि खुद्रा बजारहरुमा भने ७० रुपैयाँ किलोसम्म बिक्री भइरहेको छ । टमाटर वाहेकका तरकारीहरु भिन्डी, तिते करेला, काउली, बन्दाकोवी, लौका, भान्टा, फर्सि, सागलगायतका तरकारी मूल्य भने घटेको छ ।
 
खुद्रा बजारमै भिन्डी, करेला, लौकाको मूल्य २० रुपैयाँ किलो छ । गाँजर र काँक्राको मूल्य पनि २० देखि २५ रुपैयाँ किलोमा झरेको छ । भुकम्प अघि बैशाख १२ र त्यसका केही दिनसम्म पनि यि तरकारीको मूल्य प्रति किलो ५० रुपैयाँ माथि थियो ।
 
कुखुराको मासु तीन सय २० रुपैयाँ किलोबाट घटेर १८० देखि २२० रुपैयाँसम्म बिक्री भइरहेको छ । अन्डा प्रति पिस आठ रुपैयाँमा झरेको छ । प्याज, अदुवा र लसुनको मूल्य भने स्थिर छ । तरकारीको तुलनामा फलफुलको मूल्य भने बढेको छ । 

Tata
GBIME
Nepal Life