कोरियन भाषा परीक्षाको मिति सर्‍यो, असोज २ र ३ गते परीक्षा संचालन गर्ने निर्देशक समितिको निर्णय

बिजमाण्डू
२०७२ जेठ ४ गते ००:०० | May 18, 2015
कोरियन भाषा परीक्षाको मिति सर्‍यो, असोज २ र ३ गते परीक्षा संचालन गर्ने निर्देशक समितिको निर्णय

काठमाडौं । कोरियन भाषा परीक्षाको तालिका परिवर्तन भएको छ। श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको अध्यक्षतामा सोमबार बसेको निर्देशक समितिको बैठकले यही जेठ ३० र ३१ गते हुने भनिएको परीक्षाको तालिका सारेको हो। अब परीक्षा असोज २ र ३ गते हुनेछ। 
 

Tata
GBIME
Nepal Life

महाविनाशकारी भूकम्प र त्यसपछिका परकम्पका कारण पूर्वनिर्धारित परीक्षा सम्पन्न गर्न असहज भएकोले छैठौं कोरियन भाषा परीक्षा २०७२ असोज २ र ३ गते सम्पन्न गर्ने  समितिले निर्णय गरेको हो।
 
परीक्षा मिति परिवर्तनका कारण परीक्षा सम्बन्धी अन्य कार्यक्रममा समेत परिवर्तन गर्नुपर्ने भएकोले एचआरडी कोरियासँग समन्वय गरी मिति तय गर्न इपीएस कोरिया शाखालाई निर्देशन दिने निर्णय समितिले गरेको श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले जनाएको छ।