एनसेलका ९४ प्रतिशत बिटिएस टावर संचालनमा, सबै टावरहरु छिटै संचालनमा ल्याउने तयारी

बिजमाण्डू
२०७२ जेठ ५ गते ००:०० | May 19, 2015
एनसेलका ९४ प्रतिशत बिटिएस टावर संचालनमा, सबै टावरहरु छिटै संचालनमा ल्याउने तयारी

काठमाडौं । एनसेलले भूकम्पपछि मंगलबासम्ममा आफ्ना ९४ प्रतिशत बिटिएस टावरमार्फत मोवाईल सेवा प्रदान गरिरहेको जनाएको छ । कम्पनीले अति प्रभावित जिल्लामा पनि नेटवर्क सुधार गर्ने काम भइरहेको जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life

'मंगलबार अपरान्ह १२ बजेसम्म एनसेलको ९ प्रतिशत टावर संचालनमा रही ग्राहकलाई सेवा दिइरहेका छन्,' एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । भूकम्पबाट अति प्रभावित १५ जिल्लामा पनि एनसेलले मोवाईल जेनरेटर तथा तत्कालिन समाधानहरु प्रयोग गरेर क्रमशः नेटवर्क पुनर्निर्माण गर्दै लगेको पनि शर्माले बताए । उनले अति प्रभावित जिल्लामासमेत ९० प्रतिशत टावर संचालनमा रहेको जानकारी दिए ।

उपत्यकामा रहेका भक्तपुर तथा काठमाडौं दुवै जिल्लामा एनसेलका ९३ प्रतिशत टावर संचालनमा आएको तथा ललितपुर जिल्लामा पनि ९५ प्रतिशत टावर संचालनमा रहेका उनले बताए ।

यस्तै दोलखामा ७९ प्रतिशत, सिन्धुपाल्चोकमा ८३ प्रतिशत, रामेछाप जिल्लामा ७ प्रतिशत  सोलुखुम्बुमा ६० प्रतिशत टावर संचालनमा आएका पनि उनले बताए । 'गोर्खा र रसुवामा एनसेलका सम्पूर्ण टावरहरु संचालनमा छन् भने नुवाकोटमा ८८ प्रतिशत र धादिङ्गमा ९७ प्रतिशत टावरले ग्राहकलाई सेवा प्रदान गरिरहेका छन्,' शर्माले भने ।

एनसेलले विद्युत आपूर्ति नभएका ठाउँमा मोवाईल जेनरेटर प्रयोग गरेर मेवाईल टावर संचालनमा ल्याएको शर्माले बताए । कम्पनीले आठ वटा भ्यानमा तत्कालन समाधानका रुपमा बनाईको मोवाल टावर प्रयोग गरेरसमेत सेवा प्रदान गरिरहेको उनले जानकारी दिए ।