अम्वानीको बिएमडब्लुः मूल्य एक करोड ९० लाख तर तिरे आठ करोड ५० लाख भारु, किन महँगो पर्यो ?

बिजमाण्डू
२०७२ जेठ ७ गते ००:०० | May 21, 2015

Tata
GBIME
Nepal Life

मुम्बइ । भारतका अर्बपति मुकेश अम्वानीको रिलायन्स इन्डस्ट्रिज (आरआइएल) ले सात सिरिजको बिएमडब्लु कारको एक करोड ६० लाख भारुमा रेजिस्ट्रेसन गराएका छन् । कम्पनीले मोटर भेइकल डिपार्टमेन्टमा कारको रजिस्ट्रेसन गराएको हो ।


भारतीय सञ्चार माध्यमले गाडीको कुल मूल्यको २० प्रतिशत रकम रजिस्ट्रेशन शुल्कका रुपमा बुझाइएको छ । गाडीको मूल्य महँगो भएका कारणले नभइ गाडीको वाहिरी भागलाई परिवर्तन गरेका कारण महँगो शुल्क तिर्नु परेको हो ।
 
मुकेश अम्वानीको सुरक्षालाई ध्यान दिँदै बिएमडब्लुलाई बुलेट प्रुफ बनाइएको हो । 
 
एक करोड ९० लाख भारुको कार आठ करोड ५० लाखमा तयार भएको छ । अम्वानीको बिएमडब्लु ७६० आइ कारको मूल्य जम्मा एक करोड ९० लाख भारु हो । तर अम्वानीको सुरक्षालाई ध्यान दिँदै महँगो सुरक्षाका उपकरण प्रयोग गरिएको छ ।
 
पूर्ण सुरक्षासहित तयार पारिएको यो कारमा तीन सय प्रतिशत आयात कर लगाइएको छ । यही कारण कारको मूल्य आठ करोड ५० लाख भारु पुगेको हो । 
 
सन् २०१३ मा मुकुस अम्वानीलाई धम्कीहरु आउन थालेपछि उनलाई जेड क्याटगरीको सुरक्षा दिइँदै आएको छ । यद्यपी सुरक्षाका लागि लाग्ने सम्पूर्ण खर्चहरु भने अम्वानीले सरकारलाई बुझाउँदै आएका छन् ।