कृषि अनुसन्धान परिषदले माग्यो २०७ जना कर्मचारी, वढीमा प्रमाणपत्र तह उत्तिर्ण भएको हुनु पर्ने

बिजमाण्डू
२०७२ जेठ ७ गते ००:०० | May 21, 2015
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्ले २०७ जना कर्मचारी माग गरेको छ । परिषद्ले प्रशासन, लेखा र प्राविधिकमा कर्मचारी माग गरेको हो ।
 
अधिकतम शैक्षिक योक्ष्यता प्रविणता प्रमाणपत्र उत्तिण मागिएको छ । संस्थाले प्रमुख प्रशासन सहायक (ए५) का लागि ६ जना कर्मचारी माग गरेको छ । यसैगरी प्रशासन समूहतर्फको प्रशासन सहायक (ए४) मा पाँच जना, लेखापाल (ए५) मा नौं जना माग गरिएको छ । 
 
प्रविधिक सहायक (जेटी टि५) मा २३, प्राविधिक सहायक (टि४) मा ३७ र निम्नस्तर प्राविधिक १२७ जना माग गरिएको छ ।

Tata
GBIME
Nepal Life

ए५ का लागि प्रविणता प्रमाणपत्र उत्तिर्ण हुनु पर्छ । ए४ का लागि एसएलसी, जेटि टि५ का लागि सम्बन्धित विषयमा प्रविणता प्रमाणपत्र, टि४ का लागि एसएलसी र निम्नस्तर प्राविधिकका लागि साधारण लेखपढ गर्न जान्ने र कृषि मजदुरका रुमा काम गरेको हुनु पर्छ ।

 
माथिका पदका लागि परिषदको सिंहदरवारप्लाजास्थित कार्यालयमा आवेदन दिनु पर्छ । परिक्षा शुल्क दुई सयदेखि  चार सय रुपैयाँ लाग्ने छ ।