बाजेको सेकुवाको भरतपुरमा आउटलेट, फ्रान्चाईज मोडलमा चार वटा अाउटलेट संचालनमा

बिजमाण्डू
२०७२ जेठ ८ गते ००:०० | May 22, 2015
बाजेको सेकुवाको भरतपुरमा आउटलेट, फ्रान्चाईज मोडलमा चार वटा अाउटलेट संचालनमा
काठमाडौं । बाजेको सेकुवाले उपत्यका वाहिर चितवनमा दोस्रो आउटलेट खोलेको छ । फ्रान्चाईज मोडलमा भरतपुरमा बाजेको सेकुवा संचालनमा आएको हो । बाजेको सेकुवाको उपत्यका वाहिर पहिलो फ्रान्चाईज पोखराको नागढुंगामा खोलेको थियो ।

Tata
GBIME
Nepal Life

बाजेको सेकुवाका फ्रान्चाईज बाजेको भेन्चरले व्यवस्थापन गर्छ । कम्पनीको पूर्ण स्वामित्वमा पाँच शाखा र चार वटा फ्रान्चाईज गरेर ९ वटा शाखा संचालनमा रहेको छ ।  बाजेका सेकुवाका अध्यक्ष चेतन भण्डारीका अनुसार नेपाली घरेलु कम्पनीले फ्रान्चाईज मोडलमा मुलुकभरी शाखा विस्तार गरेको पहिलो हो । भरतपुरको फ्रान्चाईजका संचालक रामचन्द्र केसी र दिपेन्द्र केसी छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुशील खड्काले आगामी आर्थिक वर्षभित्र बाजेको सेकुवाका ८ फ्रान्चाईज खोल्ने जानकारी दिए ।