नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ ३२ गते वीरगंजमा, जेठ १२ गतेदेखि बुक क्लोज हुने

बिजमाण्डू
२०७२ जेठ ८ गते ००:०० | May 22, 2015
नेपाल लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ ३२ गते वीरगंजमा, जेठ १२ गतेदेखि बुक क्लोज हुने


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १५ औं वार्षिक साधारणसभा जेठ ३२ गते वीरगंजमा हुने भएको छ । साधारणसभा हुने भएपछि कम्पनीको बुक क्लोज जेठ १२ गतेदेखि ३२ गतेसम्म हुने नेपाल लाइफले जनाएको छ । 
साधारणसभामा ६० प्रतिशत बोनस सेयर तथा प्रति सेयर आठ रुपैयाँका दरले नगद लाभांशको प्रस्ताव प्रस्तुत हुने कम्पनीले जनाएको छ । यस्तै सभामा वित्तीय विवरण, लेखापरीक्षकको नियुक्तीलगायत प्रबन्धपत्र तथा नियमावलीमा गरिने संशोधनको प्रस्ताव माथि पनि छलफल गरिने कम्पनीले जनाएको छ । 

कम्पनीले घोषणा गरेको बोनस सेयरको कार्यान्वयन तथा प्रबन्धपत्र तथा नियमावली संशोधन पश्चात कम्पनीको अधिकृत पुँजी पाँच अर्ब तथा चुक्ता पुँजी एक अर्ब ७३ करोड रुपैयाँ पुग्ने जनाइएको छ । 

कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा खुद नाफा ११ करोड तथा कम्पनीको नयाँ व्यवसाय गत वर्षको यो अवधिको तुलनामा ९४ प्रतिशतले बृद्धि भएको जनाइएको छ । 

कम्पनीले वैदेशिक रोजगार व्यवसायसहित कुल प्रथम वर्ष बीमाशूल्क आम्दानी दुई अर्ब ६२ करोड हासिल गरेको जनाएको छ । साथै जीवन बीमा कोषमा गत वर्षको यही अवधिको तुलनामा करिब ३७ प्रतिशतले बृद्धि भई करिब २१ अर्ब ५२ करोड रहेको पनि कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life