प्रधानमन्त्री राहत कोषमा जम्मा भयो तीन अर्ब ६४ करोड रुपैयाँ, सरकारी कोषमा नै रकम दिन आग्रह

बिजमाण्डू
२०७२ जेठ ८ गते ००:०० | May 22, 2015
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो तीन अर्ब ६४ करोड रुपैयाँ,  सरकारी कोषमा नै रकम दिन आग्रह

काठमाडौं । भूकम्प पीडितहरुको उद्दार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा तीन अर्ब ६४ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा विहीबारसम्म तीन अर्ब ५० करोड ५७ लाख र शुक्रबार १३ करोड ५७ लाख रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

कोषमा सबैभन्दा बढी अमेरिकाको निक सिमन्स फाउण्डेसनले १० करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ । संविधानसभाका सदस्य तथा पदाधिकारीहरुले दई करोड ३६ लाख रुपैयाँ सहयोग गरेका छन् । सरकारले भूकम्प पीडितको उद्दार, राहत र पुनर्स्थापनाको काम एकद्वार प्रणालीमा गर्ने भन्दै सबै संघ संस्था र दातालाई सरकारी कोषमा नै रकम दिन आग्रह गरेको छ ।
वैशाख १२ गते गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर आएको ७.६ रेक्टर स्केलको भूकम्प र त्यसपछि गएका दुईवटा ठूला परकम्पका कारण कारण हजारौ जनधनको क्षति भएपछि सरकारले उद्दार, राहत र पुनर्स्थापनाको काम गर्नका लागि कोष खडा गरेर सहयोगको आह्वान गरेको थियो ।

Tata
GBIME
Nepal Life

भूकम्पका कारण ८ हजार ६ सय ३५ जनाको मृत्यु भएको छ भने १६ हजार ८ सय जना घाइते भएका छन् । त्यस्तै ५ लाख घर पूर्ण रुपमा र २ लाख ६९ हजार घर आंशिक रुपमा क्षति भएको छ । भूकम्पबाट झण्डै एक हजार सरकारी भवन पूर्ण रुपमा र ३ हजार वटा आंशिक रुपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।