बारपाकमा विद्यालय बनाउन शेष घलेले सहयोग गर्ने, संरचना निर्माणका लागि १८ लाख दिने

बिजमाण्डू
२०७२ जेठ ११ गते ००:०० | May 25, 2015
बारपाकमा विद्यालय बनाउन शेष घलेले सहयोग गर्ने,  संरचना निर्माणका लागि १८ लाख दिने

काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उहाँकी धर्मपत्नी जमुना गुरुङले स्थापना गरेको परोपकारी संस्था एमआईटी ग्रुप फाउण्डेसनले भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाकमा बिद्यालय बनाउन सहयोग गर्ने भएको छ ।

Tata
GBIME
Nepal Life

१२ बैशाख गतेको महाभुकम्पबाट क्षतविक्षत् भएको बारपाक स्थित हिमालय उच्च माविको पठन पाठन नियमित गर्न तत्कालै अस्थायी संरचना बनाउन फाउण्डेसनले सहयोग गर्नेछ ।

हिमालय उच्च मावि र फाउण्डेसनवीच भएको सम्झौताअनुसार एमआईटी फाउण्डेसनले उच्च माविको संरचना निर्माणका लागि १८ लाख २१ हजार नौं सय ४० रुपैयाँ उपलब्ध गराउने छ ।

सम्झौताअनुसार भवन निमार्ण बाहेक फाउन्डेसनले शिक्षाको गुणस्तर अभिबृद्धि गरि नमुना स्कुल बनाउन पाँच वर्षसम्म सघाउने छ ।

२०१७ सालमा स्थापना भएको यो विद्यालयमा एघार सय विद्यार्थी अध्ययनरत् छन् । यो विद्यालय त्यस भेगको सबैभन्दा पुरानो र ठूलो विद्यालय हो, जहाँ अन्य गाविसबाट पनि बिद्यार्थीहरु अध्ययनका लागि आउँछन् । एसएलसी परीक्षा केन्द्रसमेत रहेको यो बिद्यालयमा बारपाकमात्र नभएर अन्य गाविसका बिद्यार्थीसमेत आश्रति छन् ।

नजिकको दुई प्राथमिक विद्यालयको भवन पनि भत्केकोले अस्थायी संरचना निर्माणपछि ती विद्यालयहरुको कक्षा पनि यसै विद्यालयमा सञ्चालन गरिनेछ ।

सम्झौतामा फाउन्डेसनको तर्फबाट शेष घले र विद्यालय व्यवस्थापन समितिको तर्फबाट समराज घलेले हस्ताक्षर गरे । 'त्यति ठूलो संख्यामा बिद्यार्थी अध्ययरत बिद्यालयको पठन पाठन रोकिएको देखेपछि हामीले सहयोग गर्ने निर्णय गर्‍यौं,' घलेले भने,  'स्थानीय समुदायसमेतको सहभागीतामा बिद्यालयको दिगो विकाशमा यो सम्झौतामा महत्वपूर्ण हुने छ ।'