सुनको भाउ तोलाको एकसय रुपैयाँले बढ्यो, ५२ हजार चारसयमा किनबेच, चाँदी पाँच रुपैयाँ बढ्यो

बिजमाण्डू
२०७२ जेठ १२ गते ००:०० | May 26, 2015
सुनको भाउ तोलाको एकसय रुपैयाँले बढ्यो, ५२ हजार चारसयमा किनबेच, चाँदी पाँच रुपैयाँ बढ्यो


काठमाडौं । मंगलबार सुनको भाउ सामान्य बढेको छ । सोमबार तोलाको ५२ हजार चारसय रुपैयाँ रहेको सुनको भाउ मंगलबार एकसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको भाउ मंगलबार तोलाको ५२ हजार पाँचसय रुपैयाँ रहेको छ ।

Tata
GBIME
Nepal Life

मंगलबार चाँदीको भाउ पनि तोलामा पाँच रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी तोलाको सातसय ३५ रुपैयाँ तोलामा किनबेच भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको सातसय ३० रुपैयाँमा किनबेच भइरहेको थियो ।