भूकम्पपछिको राहतका लागि कतार एयरवेजको सहयोग निरन्तर, आफ्नो सहयोग मात्रै १० टन

बिजमाण्डू
२०७२ जेठ १२ गते ००:०० | May 26, 2015
भूकम्पपछिको राहतका लागि कतार एयरवेजको सहयोग निरन्तर, आफ्नो सहयोग मात्रै १० टन


काठमाडौं । कतार एयरवेजले वैशाख १२ गतेको भूकम्पपछि नेपालमा उद्दार तथा राहतका लागि आफ्नो सेवा जारी राखेको छ । कम्पनीले यसका लागि १२ वटा मालबाहक विमानमार्फत सामान पुर्‍याउँदै आएको जनाएको छ ।

Tata
GBIME
Nepal Life

कतार एयरवेजले नेपालमा मानवीय सहायता तथा अन्तर्राष्ट्रिय सहयोग सजिलोसँग भित्र्याउनका लागि काम गरिरहेको पनि जनाएको छ ।

काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा व्यवसायिक उडान अवरुद्ध हुँदासमेत कतार एयरवेजले भूकम्प गएको २४ घण्टापछि नेपालमा आफ्नो सहायता पुर्‍याइएको कतार एयरवेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल बकरले नेपाल र नेपाली जनताका लागि तत्कालीन राहतका लागि आफूहरुले तीव्र गतिमा काम गरिरहेको बताए । उनले नेपालमा खाना, पानी, औषधिलगायतका राहत सामग्री छिटो भन्दा छिटो पुर्‍याउन आफूहरुले काम गरेको दावी गरे ।

कतार एयरवेजका अनुसार आफूहरुको सहयोगमा विभिन्न दातृ निकायको सहयोगमा उपलब्ध चारसयटन भन्दा धेरै सामग्री नेपाल भित्रिएको छ । यसमा कतार एयरवेजले मात्रै १० टन भन्दा धेरै सहयोग गरेको छ ।