गोलभेंडाको भाउ अस्वभाविक रुपमा वृद्धि, ठुलो ६५ प्रतिशत र सानो एकसय २१ प्रतिशतसम्मले बढ्यो

बिजमाण्डू
२०७२ जेठ १२ गते ००:०० | May 26, 2015
गोलभेंडाको भाउ अस्वभाविक रुपमा वृद्धि, ठुलो ६५ प्रतिशत र सानो एकसय २१ प्रतिशतसम्मले बढ्यो

काठमाडौं । पछिल्लो एक हप्तामा गोलभेंडाको भाउमा उच्च वृद्धि देखिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेंडाको भाउ एक हप्ताको बीचमा ६५ देखि एकसय २१ प्रतिशतसम्मले बढेको छ ।
 

स्रोत: कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति।

Tata
GBIME
Nepal Life

अघिल्लो मंगलबार प्रतिकिलो ३८ रुपैयाँ थोक मूल्य रहेको गोलभेंडाको भाउ यो मंगलबार ६३ रुपैयाँ पुगेको छ । समितिका अनुसार ठुलो गोलभेंडाको भाउ ६५ प्रतिशत भन्दा धेरैले बढेको छ ।
 
सानो गोलभेंडाको भाउ अझै धेरैले बढेको छ । मंगलबार सानो गोलभेंडाको थोक मूल्य ७३ रुपैयाँ प्रतिकिलो छ । गत मंगलबार सानो गोलभेंडाको भाउ ३३ रुपैयाँ प्रतिकिलो थियो । सानो गोलभेंडाको मूल्य वृद्धिदर एकसय २१ प्रतिशत छ ।
  
थोक बजारको तुलनामा खुद्रा बजारमा गोलभेंडाको भाउ अझै महँगो भएको काठमाडौं अनामनगरकी निशा ओलीले बताइन् । 'गोलभेंडाको भाउ किलोको ९० रुपैयाँ पुगेको छ,' उनले भनिन्, 'त्यहि पनि कुहिएको मात्रै पाइन्छ ।'
 
गोलभेंडाको भाउमा ठुलो वृद्धि देखिए पनि अन्य तरकारीको भाउ भने धेरै बढेको छैन ।