प्रोग्रेशिभ फाइनान्समा विशाल हुमागाई प्रमुख कार्यकारी नियुक्त, लगानीकर्तालाई लाभांस दिने

बिजमाण्डू
२०७२ जेठ १२ गते ००:०० | May 26, 2015
प्रोग्रेशिभ फाइनान्समा विशाल हुमागाई प्रमुख कार्यकारी नियुक्त, लगानीकर्तालाई लाभांस दिने

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विशाल हुमागाईं नियुक्त भएका छन् । गतसाता बसेको फाइनान्स सञ्चालक समितिको बैंठकले उनलाई प्रमुख कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हुमागाईंलाई चार वर्षका लागि यो पदमा नियुक्त गरिएको हो । उनी यस अघि सस्थाको नायव प्रमुख कार्यकारी अधिकृत थिए । हुमागाईं प्रोग्रेशिभ फाइनान्समा प्रवेश गरेको दुई वर्ष छ महिना भएको छ ।

Tata
GBIME
Nepal Life

१९ वर्ष पुरानो यो सस्थाको व्यालेन्ससिट निकै सानो छ । फाइनान्समा २७ करोड रुपैयाँ निक्षेप छ भने २७ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी भएको छ । लगानीकर्ताले हालसम्म लाभांस पाएका छैनन् ।

‘मेरो पहिलो काम नै लगानीकर्तालाई लाभांस दिने हो’, प्रमुख कार्यकारी हुमागाईंले बिजमाण्डूसँग भने, यो कार्यकालमा म लगानीकर्तालाई लाभांस दिलाउँछु ।’ लाभांस दिनसक्नु आफ्ना लागि सबैभन्दा ठूलो चुनौति रहेको पनि उनले बताए ।

फाइनान्सको आकार बढाउने उनको अर्को योजना हो । चुक्ता पुँजी बढाउन फाइनान्सले हकप्रद सेयर जारी गर्दैछ । नौ लाख कित्ता हकप्रद जारी गर्ने तयारी फाइनान्सले गरिसकेको छ । निक्षेप र कर्जा दुबै बृद्धि गर्ने योजनामा प्रमुख कार्यकारी हुमागाईं छन् ।