हिजोअस्ति घटेका सेयरमा खरीदकर्ता ओइरिए, नयाँ कम्पनीको प्रवेशपछि बजार साढे २० अंकले घट्यो

बिजमाण्डू
२०७२ जेठ १२ गते ००:०० | May 26, 2015
हिजोअस्ति घटेका सेयरमा खरीदकर्ता ओइरिए, नयाँ कम्पनीको प्रवेशपछि बजार साढे २० अंकले घट्यो

Tata
GBIME
Nepal Life

काठमाडौं । दुई दिन लगातार उच्च अंकले घटेको सेयर बजारले मंगलबार करिव ६ अंकले बढेर फेरि ‘वियरिस’ बाटो नै समातेको छ । घटेर खुलेको सेयर बजार केही समयपछि हरियो हुन थालेको थियो, तर बैंकिङ समूहका सेयरहरुको मूल्य ओर्लिन थालेपछि बजार मंगलबार पनि घटेरै बन्द भएको छ ।

 
बजार २०.५६ अंकले घटेको छ । तीन दिन नियमित ७७ अंकले घट्दा बजार परिसुचक ८६० अंकको तहमा आएका छ । आइतबार र सोमबार १० प्रतिशतका दरले मूल्य घटेका राम्रा कम्पनीको सेयर खरीदका लागि मंगलबार चाप देखिएको छ । 
 
ब्रोकरहरुका अनुसार, दुई दिन नियमित मूल्य घटेका एभरेष्ट बैंक, नेपाल बैंक, चिलिमे जलविद्युत्, सनराइज बैंक, एनबी बैंकलगायतका सेयर खरीद गर्न लगानीकर्ताको चाप देखिएको छ । 
 
बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । पछिल्लो दुई दिन कारोबारमा नआएका कम्पनीहरु पनि मंगलबार थपिएका छन् । ६८ कम्पनीको १६ करोड २० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 
 
ब्रोकरका अनुसार, हिजोअस्ति १० प्रतिशतका दरले मूल्य घटेका कम्पनीको सेयर किन्न लगानीकर्ता आएपछि बजार केही बढेको थियो । बजार बढ्न थालेपछि कारोबारमा नयाँ कम्पनी थपिएसँगै सुचक ओरालो लाग्न थालेको थियो ।
 
नेपाल टेलिकम सुचिकृत अन्य समूहवाहेक सबै सुचक ओरालो लागेको छ । अन्य सुचक २४.६७ अंकले बढेको छ । सबैभन्दा वढी जलविद्युत् ५० र बैंकिङ ३५ अंकले घटेका छन् । 
 
चिलिमेको एक करोड ८० लाख, एनबी बैंकको एक करोड ७२ लाख, सिटिजन्स् बैंक (संस्थापक) एक करोड ६६ लाख, एभरेष्ट बैंक एक करोड ६२ लाख, नबिल बैंक एक करोड २७ लाख र नेपाल बैंक एक करोड १७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । 
 
बजार घट्दा पनि कृषि विकास, बैंक अफ काठमाण्डू, नेपाल लाइफ, सेन्ट्रल फाइनान्स, नेपाल टेलिकम, यति विकासलगायतका कम्पनीका लगानीकर्ताले कमाएका छन् ।