भूकम्प पीडितका लागि म्याक्स मिडियाको राहत सामग्री वितरण, विद्यालय भवन पनि निर्माण

बिजमाण्डू
२०७२ जेठ १२ गते ००:०० | May 26, 2015
भूकम्प पीडितका लागि म्याक्स मिडियाको राहत सामग्री वितरण, विद्यालय भवन पनि निर्माण


काठमाडौं । म्याक्स मिडियाले भूकम्प पीडितका लागि सानो छानो अभियान अन्तर्गत पूर्ण रूपमा ध्वस्त भएको सिन्धुपाल्चोक साँगाचोकका ५९ घरधुरी लाभान्वित भएका छन् ।

Tata
GBIME
Nepal Life

भूकम्पका कारण पूर्ण रूपमा घर नष्ट भएका त्यस गाउँका बासिन्दालाई म्याक्स मिडियाले हुलासका रङ्गिन जस्तापाताको सानो छानो सहित खाद्यान्न, लत्ताकपडा, म्याट, ब्ल्याङकेट, झुल, महिलाकालागि आवश्यक पर्ने प्याडलगायतका अत्यावश्यकीय सामग्रि, प्राथमिक उपचारका सामग्रि, बालबालिकाकालागि लिटो, विद्यालय जानेकालागि स्टेशनरी तथा खेलौनालगायतका सामग्रि उपलब्ध गराएको जनाएको छ ।

भूकम्पका कारण त्रिपाल र खुल्ला आकासमुनी जीवन जिउन बाध्यभएका मानिसहरूलाई तत्कालिन रूपमा अस्थायी वसोवासको व्यवस्था मिलाई उनीहरूलाई केही समयमालागि खाद्यान्नको बन्दोबस्ती मिलाइएको म्याक्स मिडियाका प्रमूख कार्यकारी अधिकृत सविन शाक्यले बताए ।

परिवार संख्याका आधारमा सानो परिवारलाई ६ पाता र ठूलो परिवारलाई १० पाता जस्ता उपलब्ध गराइएको म्याक्स मिडियाले जनाएको छ ।

हालसम्म पर्याप्त राहत सामाग्री पुग्न नसकेको यो गाउँमा म्याक्स मिडिया, कार्यरत कर्मचारी र सानो छानो अभियान अन्तर्गत जम्मा भएको सहयोग समेतगरी करिब १० लाख रूपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको पनि उसले जनाएको छ ।

सामाजित उत्तरदायित्व अभियान अन्तर्गत सानो छानो अभियान सञ्चालनमा ल्याएको म्याक्स मिडियाले छाप गाउँमा अवस्थित क्षतिग्रस्त सिर्जना कल्याण प्राथमिक विद्यालयको चार कोठे अस्थायी भवनको समेत निर्माण गरेको छ ।