एनसीसी बैंकले बाँड्यो जस्तापाता र जीआई पाइप, घरवारविहिनलाई पुनर्निर्माणमा सहयोग

बिजमाण्डू
२०७२ जेठ १२ गते ००:०० | May 26, 2015
काठमाडौ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले मकवानपुरको चित्लाङ गाविसका भूकम्पबाट घरवारविहिन भएका परिवारलाई जस्तापाता र जीआई वायर वितरण गरेको छ ।

Tata
GBIME
Nepal Life

बैकले स्थापना गरेको एनसीसी बैंक राहत कोषमा रहेको रकमबाट  यी सामान वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ । बैक व्यवस्थापन समितिका संयोजक शिवनाथ पाण्डे र प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले चित्लाङ गाविसका सचिवलाई पचास बण्डल जस्तापाता, पचास केजी जीआई वायर र एक बोरा किला हस्तान्तरण गरे ।

 बैंकले  गत जेठ ७ गते सिन्धुपाल्चोक जिल्लाको कालिका गाविसका भूकम्प पीडितलाई ७६ बण्डल जस्तापाता, ७५ किलो जिआई वायर र  एक बोरा किला वितरण गरेको थियो ।