प्रधानमन्त्री राहत कोषमा एनसेलले दियो १० करोड, तीन वर्षमा पुनर्निर्माणमा एक अर्ब रुपैयाँ दिने

बिजमाण्डू
२०७२ जेठ १२ गते ००:०० | May 26, 2015
काठमाडौं । एनसेलको प्यारेन्ट कम्पनी टेलियासोनेराले भूकम्प प्रभावित परिवारहरुको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड २० लाख रुपैयाँ(दश लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरेको छ ।टेलियासोनेराको युरेसिया प्रेसिडेन्ट एरिक ह्यालबर्गले प्रधानमन्त्री सुशील कोइरालालाई दश लाख अमेरिकी डलर बराबरको चेक सोमबार हस्तान्तरण गरे ।
 
‘भूकम्पका कारण हुन गएको धनजनको क्षती प्रति हामी धेरै दुःखी छौं । जुन साहसका साथ नेपाली नागरिकले यो हृदयविदारक पिडाको सामना गरे हामी त्यसको सरहाना पनि गर्दछौ,’ ह्यालबर्गले भने, ‘टेलियासोनेराको  यो सहयोगले राहत तथा उदार काममा थप मद्दत पु¥याउने विश्वास  छ । हामी नेपाल सरकारलाई सहयोग प्रभावित परिवारमा पुग्ने सुनिश्चितताको अनुरोध गर्छौ ।’

Tata
GBIME
Nepal Life

वैशाख १२ को महाभूकम्प लगत्तै  टेलियासोनेराले भूकम्प पिडितका सहयोगार्थ दश लाख अमेरिकी डलरको सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो ।  एनसेलले पनि पुनर्निर्माणका लागि तीन बर्षमा एक अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्घता जनाएको छ ।‘देशको दीर्घकालीन लगानीकर्ता र प्रमुख मोबाइल सेवा प्रदायकको रुपमा टेलियासोनेरा र एनसेल नेपालको प्रगतिका लागि सधैं प्रतिवद्ध छौं । यस विशेष परिस्थितिमा तत्कालिन राहत र दीर्घकालिन पुनर्निर्माणमा हामी पनि सहयोगी हुनेछौं,’ उनले भने ।एनसेलले प्रदान गर्ने एक  अर्बको पुनर्निर्माण सहयोग रकम कहाँ र कसरी खर्च गरिने भन्ने विषयमा छलफल सुरु गरेको एनसेलका प्रमुख कार्यकारी एरिम टाईलानलारले बताए । ‘पुनर्निर्माण सहयोग रकम कहाँ र कसरी उपयोग गर्ने बारेमा कुनै निर्णय भईसकेको छैन । यति पक्का हो कि टेलियासोनेरा र एनसेलले दीर्घकालिन सोच राखेर यसको सदुपयोग गर्नेछ,” टाईलानलारले भने ।
 
रकमको सदुपयोगको लागि स्थानिय तथा अन्तर्राष्ट्रिय विषेशज्ञहरुसँग छलफल भइरहेको उनले बताए ।वैशाख १२ को भूकम्प लगत्तै आफ्ना ग्राहकलाई सम्पर्क सुनिश्चित गर्न र राहत तथा उद्धार कार्यलाई सघाउन एनसेलले भुकम्पको पहिलो १० दिनसम्म १ अर्ब ६० करोड रुपैयाँ बराबरको निःशुल्क ब्यालेन्स तथा एसएमएस प्रदान गरेको दावी गरेको छ ।गत बर्ष पहिरो र बाढीले प्रभावित हजारौं परिवारको राहत र पुनःस्थापनाका लागि एनसेलले २०  करोड रुपैयाँ सहयोग प्रदान गरेको थियो ।