सुनको भाउ तोलाको दुईसयले घट्यो, ५२ हजार तीनसयमा कारोबार, चाँदी पनि पाँच रुपैयाँले सस्तो

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015
सुनको भाउ तोलाको दुईसयले घट्यो, ५२ हजार तीनसयमा कारोबार, चाँदी पनि पाँच रुपैयाँले सस्तो


काठमाडौं । बुधबार सुनको भाउ केही सस्तो भएको छ । मंगलबारको भाउको तुलनामा बुधबार सुनको भाउ तोलामा दुईसय रुपैयाँले घटेको हो ।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ५२ हजार तीनसय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको भाउ तोलाको ५२ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी पनि पाँच रुपैयाँ सस्तो भएको छ । बुधबार चाँदी तोलाको सातसय ३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको सातसय ३५ रुपैयाँमा कारोबार भएको थियो ।