त्रिवेणी, पब्लिक र ब्राइट डेभपमेन्ट बैंक गाभिए, जेठ १८ बाट औपचारिक रुपमा एकिकृत कारोबार गर्ने

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015

Tata
GBIME
Nepal Life

काठमाडौं । तीन वित्तीय संस्था गाभिएर राष्ट्रियस्तरको विकास बैंक बनेको त्रिवेणी विकास बैंकले जेठ १८ गतेबाट एकिकृत कारोबार गर्ने भएको छ ।

 
त्रिवेणी विकास बैंकसँग पब्लिक डेभलपमेन्ट बैंक र ब्राइट डेभलपमेन्ट बैंक गाभिएका हुन् । एकिकृत कारोबार गर्न तीन वटै संस्थालाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छ । क्षेत्रीयस्तरका यि तीन बैंक गाभिएपछि राष्ट्रियस्तरको त्रिवेणी विकास बैंक बनेको छ ।
 
तीन वटा  सस्था मर्ज भएपछि बन्ने बैंकको चुक्ता पुँजी ७४ करोड रुपैयाँ पुग्नेछ । त्यस्तै लगानी साढे पाँच अर्बको हाराहारीमा हुनेछ भने निक्षेप ६ अर्ब रुपैयाँ नाघ्छ ।
 
तीन वटा सस्था मर्जपछि शाखा २३ वटा र एक्स्टेन्सन काउन्टर पाँच वटा हुनेछन् । थप तीन वटा शाखा चाँडै स्थापना गर्ने योजना रहेको छ ।   
त्रिवेणी विकास बैक यस वर्ष १०।७५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर वितरण दिएको थियो भने ब्राइट डेभलपमेण्टले  २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।