नरेन्द्र मोदीका पाँच कदम जसले भारतको अर्थतन्त्रको जग बलियो बनायो, लगानी चार गुणा बढ्यो

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015
न्युदिल्ली । नरेन्द्र मोदी जुन बेला सत्तामा आए त्यो बेला उनका सामू दुई ठूला चुनौती थिए । पहिलो, मूल्य बृद्धि र दोस्रो, अड्कीएका योजनाको थुप्रो । 
 
मूख्य दुई समस्याका कारण भारतको अर्थतन्त्रको बृद्धि अपेक्षा अनुसार बृद्धि हुन सकेको थिएन । मोदीले सरकारको नेतृत्व गरेपछि उनले केही महत्वपूर्ण कदमहरु तत्काल चाले, जसका कारण आज भारतीय अर्थव्यवस्थाको गाडी लिकमा आएका छ ।
 
मूल्य बृद्धि नियन्त्रणका लागि चालिएका कदमले आर्थिक बृद्धिमा असर परेको छ । सरकारले खर्च कटौतीमा विशेष ध्यान दिएपछि मूल्य बृद्धि नियन्त्रणमा त आएको छ तर आर्थिक विकास खर्च कटौतीका कारण अपेक्षा अनुसार बृद्धि हुन सकेको छैन । 
 
अर्थतन्त्रको जगलाई बलियो बनाउन मोदीले के गरे ? उनको नेतृत्वको सरकारले बार्षिकी मनाइरहँदा इकोनोमिक टाइम्सले मोदीले चालेका प्रमुख पाँच कदमले अर्थतन्त्र बलियो हुँदै गएको टिप्पणी गरेको छ । 
 
१. मोदी सत्तामा आएपछि आर्थिक क्षेत्रमाथिको विश्वास फेरि वढ्न थालेको छ । सरकारले खर्च घटाएर आफ्नो अनुशासन मात्र पालना गरेन आर्थिक परिदृष्यहरु सुधारसमेत गर्यो । 
 
२. खर्चमा गरिएको कटौती र खाद्यान्न बजारमा सरकारले नियन्त्रण गरेपछि मूल्य बृद्धि नियन्त्रणभित्र आएको छ । आर्थिक विकासलाई माथि पुर्याउन यो कदमले असर देखाउन थालेको छ । 
 
३. डिसेम्बर २०१३ सम्म २५ खर्ब ८६ अर्ब भारु बराबरका आयोजनाहरु अड्किएका थिए । मार्च २०१५ सम्म जम्मा आठ खर्ब २४ अर्ब भारु बराबरको आयोजना मात्र अड्किएका छन् । अर्थात ७० प्रतिशत आयोजनाहरु अहिले सुचारु अवस्था गएका छन् ।
 
४. नयाँ आयोजनाहरुमा लगानी बढाउन थालिएको छ । मार्च २०१४ सम्म ५४ खर्ब ६२ अर्ब भारु बराबरको लगानी भएको थियो । तर पछिल्लो चार महिनामा यसलाई चार गुणाले बढाउँदै एक सय खर्ब १० अर्ब भारु लगानी गरिएको छ ।
 
५. कानुन निर्माणको काम रोकिएको थियो । मोदीले सत्ता समालेपछि कानुन निर्माणको कामले तिब्रता पाएको छ । संसदको उत्पादकत्व पनि बढेको छ । थुप्रै सुधारात्म ऐनहरु पारित भइसकेका छन् । मोदी सरकारमा आएपछि संसदको उत्पादकत्व ९१ प्रतिशत पुगेको छ भने राज्यसभाको ८९ प्रतिशत । सांसदहरुले अहिले सदनभित्र काम पाएका छन् ।

Tata
GBIME
Nepal Life