लुम्बिनी बैंकले ल्यायो आत्मनिर्भर बचत योजना, वार्षिक चार प्रतिसतका दरले हरेक महिना व्याज

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015

काठमाडौं । लुम्बिनीे बैंक लिमिटेडले व्यक्तिगत बचत लक्षित गर्दै लुम्बिनी आत्मनिर्भर बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले ५५ वर्ष वा सो भन्दा बढी उमेर भएका बचतकर्ता लक्षित गरेर यो योजना लागु गरेको हो ।

यो योजनामा न्यूनतम पाँच सय रुपैयाँ राखेर खाता खोल्न सकिने छ । आत्मनिर्भर बचत खातामा बैंकले वार्षिक चार प्रतिसतका दरले मासिक रुपमा व्याज भुक्तानी दिने जनाइएको छ ।

Tata
GBIME
Nepal Life

ग्राहकलाई यस योजना अन्तर्गत एक वर्षे मुद्दती खाताको प्रकाशित ब्याजदर भन्दा ०.५० प्रतिसत बढी ब्याज दिने जानकारी पनि बैंकले दिएको छ । यो खाता खोल्ने ग्राहकका लागि निःशुल्क होम बैंकिङ्गको सुविधा, एससिटी बेविट कार्डको निःशुल्क मासिक पाँच वटा एटिएम कारोबारको सुविधा, निःशुल्क चेकबुक, अनलाइन बैंकिङ्ग तथा एसएमएस अलर्टको सुविधा दिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक वर्ष २०७१/७२ कोे तेस्रो त्रैमासिकको अन्त्यमा बैंकको कुल निक्षेप १८ अर्ब ६४ करोड, कुल कर्जा १६ अर्ब ७५ करोड तथा खुद मुनाफा २४ करोड ६७ लाख रुपैयाँ छ । बैंकले १८ वटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।