बैतडीको पाटन नगरपालिकामा ग्लोबल आइएमईको एक्सटेन्सन कार्यालय, बैंकिङ सेवा विस्तारमा जोड

बिजमाण्डू
२०७२ जेठ १३ गते ००:०० | May 27, 2015
बैतडीको पाटन नगरपालिकामा ग्लोबल आइएमईको एक्सटेन्सन कार्यालय, बैंकिङ सेवा विस्तारमा जोड
काठमाडौं । ग्लोबल आइएमई बैंक र सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको सहकार्यमा ग्लोबल आइएमई बैंकले बैतडीको पाटन नगरपालिकामा एक्सटेन्सन काउण्टर सेवा सुरु गरेको छ । एक्सटेन्सन काउण्टरको पाटन नगरपालीकाका कार्यकारी अधिकृत दशरथ ओडले उदघाटन गरे । 

Tata
GBIME
Nepal Life


 

बैतडीको सदरमुकामदेखि ४० किलोमिटर टाढा रहेको पाटन नगरपालीकामा यसअघि ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा प्रदान गर्दे आइरहेको थियो । 
 
कार्यक्रममा ग्लोबल आइएमई बैंककासहायक प्रमुख कार्यकारी अधिकृत श्री द्रिपुधोज अधिकारी तथा सक्षम कार्यक्रमका समूह प्रमुख बलजित बोहराको उपस्थिती रहेको थियो ।