आगामी बजेटबाट चुरोट र रक्सीको अन्तशुल्क बढ्ने, समस्या समाधानका लागि व्यवसायीको आग्रह

बिजमाण्डू
२०७२ जेठ १४ गते ००:०० | May 28, 2015
आगामी बजेटबाट चुरोट र रक्सीको अन्तशुल्क बढ्ने, समस्या समाधानका लागि व्यवसायीको आग्रह


काठमाडौं । आगामी आर्थिक वर्षबाट चुरोट र रक्सीजन्य वस्तुको अन्तशुल्क वृद्धि हुने भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माले व्यवसायीसँगको अन्तक्र्रियामा आगामी वर्षबाट यी दुई वस्तुको अन्तशुल्क बढ्ने बताएका हुन् । 

Tata
GBIME
Nepal Life


 

कार्यक्रममा शर्माले यसअघिको तुलनामा व्यवसायीहरु इमानदार हुँदै गएकाले राजश्व संकलनसमेत बढेको बताए । शर्माले मदिराको शक्ति र बोत्तलको साइज अनुसार बिर्कोमा लगाइने स्टिकरलाई विदेशमा भएका सफल अभ्यास अनुसार सुधार गर्दै लैजाने पनि बताए । 
 
विभागले आगामी दिनमा आन्तरिक उद्योगलाई प्रोत्साहन गरेर स्वदेशी र विदेशी मदिराको बिक्री वितरणमा समान व्यवहार गरिने पनि उनले बताए । शर्माले महाभूकम्पमा क्षति भएका मदिरा व्यवसायीको तर्फबाट विभागमा प्राप्त गुनासाको तथ्यपरक छानबिन गरी विभागमा विवरण पठाउन कार्यालयलाई निर्देशन दिइएको पनि बताए । 
 
बुधबार भएको अन्तक्र्रियामा शर्माले सरकारले आर्थिक अध्यादेशमा आन्तरिक राजस्व विभागले तोकेको मितिदेखि लागू हुने भनी स्रिन्क क्याप लगाउने निर्णय गरेकाले यस निर्णयमा हाल तलमाथि नहुने भन्दै भविष्यमा आवश्यक सुधार गर्दै जाने बताए । 
 
अन्तक्र्रियामा विभागका उपमहानिर्देशक राममणि दुवाडीले व्यवसायीका समस्याको सुनुवाइका लागि विभाग अन्तर्गत पाँचवटा कार्यदल गठन भएको र व्यवसायीका जायज माग पुरा गर्न पहल गरिने बताए । 
 
कार्यक्रममा मदिरा उत्पादक संघका अध्यक्ष रवि केसीले महाभूकम्पबाट मदिरा व्यवसायमा क्षति पुगेकोले सरकारले व्यवसायीको समस्या सम्बोधन गरिदिनुपर्ने बताए । 
 
विभागका अधिकारीहरुले जस्ता उद्योगीसँग पनि छलफल गरेका थिए ।