सय अंकले घटेको बजारमा बिहीबार ब्रेक लाग्यो, करिव १८ करोडको कारोबार, बैंकिङ र टेलिकमले बढायो

बिजमाण्डू
२०७२ जेठ १४ गते ००:०० | May 28, 2015
काठमाडौं । भुकम्पपछि सय अंकले घटेको सेयर बजारमा बिहीबार ब्रेक लागेको छ । बजार ४.१३ अंकले बढेर बन्द भएको छ । 
 
दिनभरीमा ७६ कम्पनीका १७ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कुल चार लाख १९ हजार ८३४ कित्ता सेयर खरीद विक्री भएका छन् ।
 
बैंकिङ समूह र नेपाल टेलिकम सुचिकृत अन्य सुचक उकालो लागेपछि समग्र बजार हरियो भएको हो । यद्यपीविकास बैंक, फाइनान्स र बिमा समूह भने रातो नै छन् ।
 
अन्य समूह ११.७४ अंक र बैंकिङ ६.४४ अंकले बढेको छ । जलविद्युत् समूह पनि ५.१८ अंकले बढेको छ । बिहीबार सेञ्चुरी, प्रभु, अरुण भ्याली, कुमारी, काष्ठमण्डप, सानिमा, सिटिजन्स्, जनता, कृषि विकास र बैंक अफ काठमाण्डूका सेयर मूल्य उकालो लागेका छन् । 
 
प्राइम लाइफ, साङ्ग्रिला डेभलपमेन्ट र सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले ओरालो लागेको छ । साइन रेसुङ्गा, सानिमा माइ, सिद्धार्थ डेभपमेन्ट र गण्डकी विकास बैंकका सेयर मूल्य नौं प्रतिशतभन्दा माथि घटेको छ । 

Tata
GBIME
Nepal Life