एफएनसीसीआई र रोटरीले विद्यालयको पुनर्निर्माण गर्ने, पूर्व अध्यक्ष जोशीलाई समन्वयको जिम्मा

बिजमाण्डू
२०७२ जेठ १४ गते ००:०० | May 28, 2015
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र रोटरी इन्टरनेशनलले  भूकम्प प्रभावित १४ जिल्लामा प्राथमिक तहका सरकारी विद्यालय पुनर्निर्माण गर्ने भएको छ । विद्यालय पुनर्निर्माणका लागि महासंघ र रोटरी इन्टनेशनल डिष्ट्रिक ३२९२ वीच एक समझदारीपत्रमा हस्ताक्षर भयो ।

सहमति अनुसार  सरकारको नीति तथा निर्देशन अन्तरगत रही कम लागत र सुहाउंदो प्रविधि प्रयोग गरेर विद्यालय भवन निर्माण गर्नेछ ।  रोटरीका तर्फबाट त्यस्ता विद्यालयका लागि पानी, शौचालय, कम्पाउण्ड वाल, आवश्यक फर्निचरको व्यवस्था गरिने सम्झौंतापत्रमा उल्लेख छ ।यो  परियोजनाका लागि दुवै संस्थाले आआफ्नो संयत्र परिचालन गरि आवश्यक कोष जुटाउने छन् । परियोजनाको समन्वयको भूमिका महासंघका तर्फबाट महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी र रोटरीका डिस्ट्रिक सेक्रेटरी नुगल वैद्यले गर्ने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tata
GBIME
Nepal Life

कार्यक्रममा  महासंघका कार्यवाहक अध्यक्ष मुरारकाले भुकम्पपछि महासंघले तत्कालै राहत वितरणको अभियान संचालन गरेको बताए । उनले  राहतपछि पुनर्निर्माणमा जुट्न लागेको बताउँदै रोटरी इन्टरनेशनलसँग मिलेर प्रभावित जिल्लाका विद्यालयहरुको पुनर्निर्माणमा लागेको बताए ।महासंघका पूर्व अध्यक्ष जोशीले आर्थिक सहयोग भन्दा पुनर्निर्माणमा प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर प्रधान, रोटरी इन्टरनेशनलका पूर्व अध्यक्ष कल्याण बेनर्जी, पूर्व निर्देशक वाइपी दास, रोटरी फाउन्डेसनका ट्रष्टी सुशील गुप्ता, रोटरीका डिष्ट्रिक सेक्रेटरी नुगल वैद्यको उपस्थिती रहेको थियो ।